Author: SB Gautam
तपाई प्रतिदिन कति घण्टा ईन्टरनेट चलाउनुहुन्छ ? फेसवुक,गुगल,याहु लगायत
अन्य साईटहरु हेर्दाहेदै कम्तिमा पनी दुईतिन घण्टा त अनलाईनमा वस्नुहुन्छ
नै । व्लग पढ्न त झनै छुटाउनुहुन्न होला । देखेको, भोगेको र आफुलाई लागेको
विचार अभिव्यक्त गर्ने अनलाईन डायरी व्लग पढ्नुको मज्जा त छुट्छै हुन्छ नै ।
व्लग पढ्दाको आनन्द नै घटना,दृष्य एवं अनुभुती आफैनै जस्तो लाग्ने कारणले
पनी व्लग वढी पढिन्छ । हामीले व्लग पढेर जति मज्जा लिईरहेका छौ , व्लग
लेख्नेलाईपनी झनै मज्जा भईरहेको हुन्छ । ब्लगको दायाँवायाँ छेउहरुमा
हेर्नुभयो भने तपाईले अनलाईन विज्ञापनहरु देख्नुहुनेछ । विज्ञापन हेरिएवापत
र क्लिक भएवापत व्लगरको एकाउण्टमा पैसा जम्मा भईरहेको हुन्छ । तपाईलाई
पनी देखेको भोगेको र लागेको कुरा लेख्न मन लागेको छ भने व्लगिङ गर्न
सक्नुहुन्छ । व्लगिङ गर्न चौविसै घण्टा ईन्टरनेटमा वस्नैपर्छ भन्नेपनी होईन
। अन्य काम गरेरपनि थोरै समय छुट्याएर व्लगिङ गर्न सक्नुहुन्छ । व्लग
वनाउनको लागी ल्गस्पोट डटकम वा ओडप्रेस डटकममा एकाउण्ट खोल्नु उत्तम हुन्छ
।
रामेछापका उद्धव तामाङ
हाल ईजरायलमा केयरगिभरको रुपमा काम गर्नुहुन्छ । दिनको ८ घण्टा कम्पनीको
काम गरिसकेपछि तिनदेखी चारघण्टा ईन्टरनेटमा वस्नुहुन्छ अर्थात व्लगिङ
गर्नुहुन्छ । मनोरञ्जनात्मक सामाग्री आफ्ना व्लगमा राख्नुहुन्छ । तामाङ
भन्नुहुन्छ व्लगिङ गर्नु मेरो नशा हो, म आत्मसन्तुष्टिको लागी व्लगिङ
गरिरहेको छु साथै दिनको औषत १० डलरको हाराहारीमा कमाईपनी भईरहेको छ ।
झापाका ज्ञानु वस्नेत
व्लगमार्फत नै व्लगरलाई टिप्स एण्ड ट्रिक सिकाउनुहुन्छ । कस्तो टेम्प्लेट
प्रयोग गर्ने,कसरी टेम्प्लेट ईडिट गर्ने, व्लगलाई कसरी सुसज्जीत गर्ने
आदिईत्यादि । बस्नेत भन्नुहुन्छ अरुकाम गरेर दिनमा दुईतिन घण्टा व्लगिङलाई
छुट्याउछु, मासिक ६ सय डरलको हाराहारीमा कमाई भईरहेको छ,पुरै समय व्लगिङ
गर्ने हो भने त मनग्य आन्दामीको श्रोत बन्नेमा कुनै शकां छैन ।
काठमाण्डौवाट गणेश कार्की आफुलाई
लागेको विचार व्लगमा लेख्नुहुन्छ । समयसामयिक विषयवस्तुमाथी रहेर विष्लेषण
गर्नु कार्कीको रुचीको विषय हो । कार्की भन्नुहुन्छ दिनको दुई घण्टा
व्लगिङको लागी समय निकाल्छु । व्लगिङवाट आएको कमाईले काठमाण्डौमा वस्न
सजिलो भएको छ । साथै व्लगको कमाईले खाजा खर्च र मोटरसाईकलमा पेट्रोल हाल्न
समेत धानेको छ ।
आफुले जानेको सिप भण्डारण गर्ने ठाउँ हो व्लग । विचार,अनुभुतीलाई विश्वका
मान्छेले हेरिरहेका हुन्छन्,साथै व्यक्तित्व वढ्नुका साथै अदृष्य रुपमा
पैसा कमाईपनी भईरहेको हुन्छ । ब्लगवाट कमाई गर्न अनलाईन विज्ञापन
राख्नुपर्ने हुन्छ । अनलाईन विज्ञापन दिलाउने कम्पनीहरु धेरै छन् । गुगलको
एडसेन्स सवैभन्दा राम्रो र विश्वसनिय विज्ञापनदाता कम्पनी हो । भिजिटर जती
वढाउन सक्नुभयो अर्थात जती उत्कृष्ठ सामाग्री आफ्नो व्लगमा राख्न
सक्नुहुन्छ त्यसैको हिसावले तपाईको कमाई सुरु हुन्छ । एडसेन्स एकाउण्ट
वनाउन भन्दा अघि केहि सर्तहरु छन् । व्लग वनाएको कम्तिमा ६ महिना
हुनुपर्छ । आधा दर्जन भन्दा वढी सामाग्री प्रकाशित हुनुका साथै प्रसस्त
भिजिटरहरुले भिजिट गरेको हुनुपर्छ । एउटै मेल आईटीमा एक भन्दा वढी एड्सेन्स
एकाउण्ट वनाउन भने सकिदैन । साथै गुगल एडसेन्सले नेपाली भाषालाई
प्राथमिकतामा नराखेकोले अग्रेजी अर्थात अन्य छनोटका भाषाका सामाग्री
राख्नुपर्ने हुन्छ । व्लगिङ गर्दा जुनसकै समयमा हामीले याद गर्नुपर्ने विषय
भनेको व्लगमा पोष्ट गर्न वनाईएका सामाग्री कतै काहिँवाट कपी गरिएको अथवा
ईन्टरनेटमा पोष्ट भएकोसगँ मिल्दोजुल्दो हुनुहदैन । आफ्नै मौलिक लेख राखेर
एडसेन्स डटकममा आफ्नो वायोडाटा सहित एप्लाई गर्नुभयो भने एकाउण्ट वन्छ ।
अनलाईन विज्ञापन पाईसकेपछि जस्ता समाग्री पोष्ट हुन्छन् सोहिसगँ
मिल्दाजुल्दा विज्ञापन चाडो भन्दा चाडै व्लगमा देखिने हुदा क्लिक हुने
सम्भावना वढी हुन्छ ।
व्लगिङ गदै गर्दा धेरै प्राविधिक एवं विषयगत समस्या आईरहन्छन् । आज आफ्नो
एकाउण्ट भोली अर्कैको हुन सक्छ , समस्या आईसकेपछि पछुताउनु भन्दा समस्या
आउन नदिनु नै राम्रो हो । प्राविधिक समस्या आउन नदिन र तत्काल समाधान
चाहिहाल्यो भने नेपालका दक्ष एवं पुराना व्लगरहरु तपाईको समस्या समाधान
गर्न तयार छन् । त्यो पनी निशुल्क । फेसवुक ग्रुपमा नेपाली व्लगर युनाईट, त्यस्तै ओडप्रेस नेपाल, बेव डेभलरपर्स नेटवर्क लगायतका
फेसवुक ग्रुपमा गएर आफ्नो जिज्ञासा राख्नुभयो धेरै जानकारी पाउनुहुनेछ ।
ब्लगरको लागी यी फेसवुक ग्रुपहरु अतिनै महत्वपुर्ण छ । ओर्डप्रेस नेपाल र
नेपाली व्लगर युनाईले समय समयमा प्रतक्ष्य भेटघाट मार्फत व्लगरका अवसर र
चुनौतीका विषयमा प्रतक्ष्य कार्यक्रम गरिरहेका छन् भने पुराना,अनुभवी
व्लगरवाट व्लगिङ गर्न चाहनेहरुका लागी अवसरका विषयमा अन्र्तक्रिया समेत गदै
आईरहेको छ ।

No comments:
Post a Comment