Pages

Wednesday, October 17, 2012

सोसियल मिडिया “फाइदा र बेफाइदा”

- एक्काइसौ“ शताब्दीले सूचना प्रविधिलाई विकासित बनाएको छभन्दा दुईमत हु“दैन । सूचना प्रविधिको विकासस“गै इन्टरनेट, इमेल र वल्र्डवाइड वेबको व्यापकता बढेको छ । १८ प्रतिशत नेपालीहरू इन्टरनेट चलाइरहेका छन्, जुन कुरा अरू देशको तुलनामा कमै भए पनि नेपालका लागि दु्रत गतिमा बढ्दै गरेको प्रतिशत हो । इन्टरनेटमा पनि धेरै खोलिने साइटहरूमा सामाजिक सञ्जाल अर्थात् सोसियल नेटवर्किङ रहेको छ । कतिका लागि त सामाजिक सञ्जाल नै इन्टरनेट हो भन्ने छाप पनि बसिसकेको छ । सामाजिक सञ्जालमा फेसबुक र ट्विटर अग्रस्थानमा रहेका छन् ।
सामाजिक मिडियालाई दुवै राम्रा र नराम्रा किसिमले व्याख्या गर्न सकिन्छ त्यसैले यो परस्परविरोधी छ । यसको प्रयोग कुन रूपमा गर्ने हो त्यसैमा भर पर्दछ । मिडिया भन्नेवित्तिकै स्वतन्त्रताको अभिव्यक्ति भन्ने बुझिन्छ । त्यसैले सामाजिक मिडियामा अझ फराकिलो र धेरै मानिससमक्ष पुग्ने माध्यम बनेको छ । तपाईं जे पनि पोस्ट अथवा सेयर गर्नुहुन्छ । त्यो ग्लोबल अथवा विश्वव्यापी हुन्छ, तर सबैले पढेभन्ने सोच्नु मुर्खता हुनेछ ।
सोसियल मिडियाले नेपालमा ठूलो फड्को मारिरहेको छ किनकि चलेको मिडिया फेसबुक र ट्विटर मात्र हैन थुप्रै नेपाली लिंक्डइन र डिग पनि चलाइरहेको पाइन्छ । सामाजिक सञ्जाल सशक्त र कमजोर दुवै हुन सक्छ । यदि यसमा सबैको साथ र सम्झौता हुन्छ भने यो शक्तिशाली बन्दछ नभए यो कमजोरीतर्फ उन्मुख हुन्छ । त्यसैले सामाजिक सञ्जाल एक्लै खडा हुन सक्दैन, सबैको साथ अपरिहार्य हुन्छ तसर्थ सामाजिक सञ्जालको जग भनेकै सबैको साथ हो ।
धेरैले सोसियल मिडिया भन्नेवित्तिकै सामाजिक सञ्जाल भन्ने बुझ्दछन् । तर, सत्यता भनेको सामाजिक सञ्जाल सोसियल मिडियाको एउटा बलियो हा“गा हो । सोसियल मिडिया थुप्रै किसिमका छन् ।
१) सोसियल न्युज, जस्तै डिग र रेडिट जसमा लेखहरूलाई भोट गर्न, ¥यांक गर्न र प्रतिक्रिया दिन सकिन्छ ।
२) सोसियल बुकमार्किङ, जस्तै डेलिसियल र डिग्गो जहा“ बुकमार्कहरू ट्याग गर्न र बा“ड्न र खोज्न सकिन्छ ।
३) सोसियल नेटवर्किङ, जस्तै फेसबुक, लिंक्डइन जहा“ साथीहरू बनाउन, उनीहरूको प्रोफाइल, स्टाटस र फोटोमा प्रतिक्रिया गर्न र ग्रुपमा कुरा गर्न सकिन्छ ।
४) फोटो÷भिडियो÷अडियो सेयरिङ, जस्तै यू–ट्युब, फ्लिकर आई ट्युनस जहा“ फोटो अडियो र भिडियोहरू बा“ड्न र प्रतिक्रिया गर्न सकिन्छ ।
५) विकिज, जस्तै विकिपेडिया, र विकिस्पेस यहा“ नया“ विकी बनाउन सकिन्छ वा भएका विकी÷लेखहरू थप्न वा सम्पादन गर्न सकिन्छ ।
साधारण मिडिया एक तरिकाले हुन्छ, सीधा एउटै बाटो लिन्छ र स्रोतहरू पनि पर्याप्त हु“दैन, तर सोसियल मिडियामा थुप्रैको एकैपटक सहभागिता हुन्छ, स्रोतहरू र आवाजहरू धेरै हुन्छन् । यसमा दुईवटा बाटा हुन्छ, एउटा भन्नेको र दोस्रो त्यसलाई प्रतिक्रिया दिनेको । एक किसिमले भन्दा सोसियल मिडिया भनेको कुनै वेबसाइट हो जसले आफ्नो साइटमा थुपै्र सदस्यबीच अन्तरक्रिया गराउ“छ ।
विश्वकै सबैभन्दा पुरानो सामाजिक सञ्जाल भनेको सिक्सडिग्रिज डटकम जुन सन् १९९७ मा उद्घाटन गरिएको थियो र सन् २००० मा बन्द भयो । निल्सेनको ‘ग्लोबल फेसेस एन्ड नेटवर्कड प्लेसेस’को रिपोर्टअनुसार सामाजिक सञ्जाल र ब्ललिङ अनलाइन क्रियाकलपमा चौथौ स्थानमा आउ“छन्, व्यक्तिगत इमेलभन्दा माथि ।
संसारका सबै अनलाइन प्रयोगकर्तामध्ये ६७ प्रतिशत अब सामाजिक सञ्जालको साइट प्रयोग गर्दछन् र इन्टरनेटको कुल समयको १० प्रतिशत सामाजिक सञ्जालमा बिताइरहका छन् । ब्लग विकिपेडिया र यू–ट्युब सबै सामाजिक मिडिया ज्ञानका भण्डार हुन् । यिनीहरूको प्रयोग र सुविधा अतुलनीय छ ।
सामाजिक सञ्जालका थुप्रै फाइदामध्ये केही नया“ सम्बन्ध बनाउन साथी–भाइहरूबीच पुनर्मिलन गराउन, बढ्दो संवाद गराउन र सम्बन्ध मजबुत बनाउन रहेको पाइन्छ । यसले विनाशुल्क सन्देश, ब्लग फोटो संग्रह, गेम, निमन्त्रणा र अन्य थुप्रै सुविधा जो कोही इन्टरनेट र कम्प्युटरको पहु“चमा छन् उनीहरूले सहजै प्रदान गर्छ । एउटै रुचि भएका थुप्रै व्यक्तिलाई जोड्दछ, नया“ विचार निकाल्न प्रेरित गर्दछ र सामाजिक पीर, चिन्ता, न्यून गर्न मद्दत गर्छ ।
यसका बेफाइदाहरू पनि छन् । धेरै समय अनलाइन खर्चिनु र न्यून समय मानवीय भेटघाटमा सामेल हुनु, फाइदा नगर्ने इन्टरनेटका क्रियाकलापमा सामेल हुनुलगायत अन्य छन् । किशोरकिशोरीहरू यौनिक अथवा आर्थिक प्रलोभनमा पर्न सक्छन् । कोही लज्जास्पद फोटो वा प्रतिक्रियाका कारण जागिरको अवसरबाट वञ्चित हुनसक्छन् । सन् २००९ फेब्रुअरीमा माइस्पेसमा करिब ९० हजार रजिस्टर्ड सेक्स कृतापराधी भेटिए । फेसबुकले भने यसबारे तथ्यांक सार्वजनिक गर्न चाहेन । जति कोसिस गरे पनि त्यस्ता कृतापराधीलाई पत्ता लगाउन वा उनीहरूलाई नया“ खाता खोल्न नदिन गाह्रै छ । सामाजिक सञ्जालका साइटले साइबर बुलिङ ल्याउ“छ । सन् २००९ को एउटा अध्ययनका अनुसार १७.५ प्रतिशत निम्न माध्यमिक तहका विद्यार्थी साइबर बुलिङको सिकार बनेका छन् ।
सबै सामाजिक सञ्जालका साइट राम्रा नहुन सक्छन्, छानेर प्रयोग गर्नुपर्छ । सामाजिक मिडिया राम्रो हो, यो हाम्रो आधुनिक संस्कारको पाटो हो भन्नेहरू छन् र अर्कोपट्टि तिनीहरू खतरा र जोखिमले भरिपूर्ण छ भन्नेहरू पनि नभएका होइन तरिकाले नै यो कति छन्, यसको प्रयोग गर्ने तरिकाले नै यो कति राम्रो नराम्रो भन्ने छुट्याउन सकिन्छ ।
प्रस्तुती:केन सुवेदी

No comments:

Post a Comment