Pages

Wednesday, October 17, 2012

विद्यालयलाई कम्प्युटर हस्तान्तरण

रामेछाप जिल्लाको भलुवाजोर गाविसमा रहेको निमावि बेतिनीलाई विहिबार भलुवाजोर सहयोगी समाज र थापा निर्माण सेवाले चार थान कम्प्युटर हस्तान्तरण गरेको छ। बिद्यालयमा एक कार्याक्रमको आयोजना गरी भलुवाजोर सहयोगी समाजका संरक्षक कैलाश थापा र थापा निर्माण सेवाका दिपक थापाले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यपाक रामबहादुर तमाडलाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन।
कम्प्युटरसँगै एक थान प्रिन्टर र कम्प्युटरहरुका लागि आवश्यक टेवुल पनि हस्तान्तरण गरिएको स्थानीय अनिल सत्यालले जानकारी दिएका छन्। विद्यालयका प्रअ रामवहादुर तमाडले अब विद्यालयमा कम्प्युटर शिक्षा राख्ने पनि बताउनुभयो। त्यसैगरी सोहि अवसर पारेर सोहि संस्थाहरुले भलुवाजोर गाविसमा रहेका विभिन्न ७ वटा विद्यालयहरुलाई, भलिबल, नेट, क्यारिमबोड, ब्याडमिन्टन, चेस लगाएतका विभिन्न खेलकुद सामाग्रीहरुपनि प्रदान गरीएको छ।
यसैविच सोहि संस्थाहरुलेनै भलुवाजोर गाविसको सेलेघाटमा रहेको प्रहरी चौकीलाई फर्निचरको समेत सहयोग गरेको छ। फर्निचरहरुमा खाट ३ थान र पलड १ थान रहेका छन। सो पनि प्रहरी चौकी सेलेघाटमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो। श्रोत: हाम्रा कुरा

No comments:

Post a Comment