Pages

Saturday, September 29, 2012

अनलाइन जब नेपालीको युवाहरुको लागि भरपर्दो अवसर



हामीले हरेक काम गर्दा दुःख अवश्य गर्नै पर्छ । कि मर कि गर भन्ने भनाई त्यतिकै बन्या हो जस्तो लाग्दैन मलाई । आज हरेक मान्छेले थोपा थोपा मेहनत गरेर नै विभिन्न पेशामा अडिग रहि आफुलाई दिर्घकालिन रुपमा अग्रसर रहि सफल भएका छन् ।
आजकल बेरोजगारी बढिरहेको हुदा युवाहरु काम पाईन्छ कि भनेर दिनानुदिन भौतारिरहेका छन् । हरेक युवाहरुसँग आफ्नो शैक्षिक दक्षता भए पनि त्यसलाई ब्यवहारिक रुपले आफुलाई अगाडि बढ्नको लागि माध्यम पाईरहेका छैनन् ताकि त्यो खालको बाताबरण पनि नेपालमा छैन ।
मुख्य कुरो नेपालको राजनीतिक अस्थिरताको कारणले यो समस्या भईरहेको छ । यहि अवस्थामा हरेक समयमा नेपाल बन्द, लोडसेडिङ समस्या, महंगीको कारणले गर्दा नेपालमा बसेर उभो नलागिने अवस्थाहरु सृजना भईरहेको महशुष हामीमा छ ।
तसर्थ यस्तो अवस्थामा हामीले समाधानको बाटो के पाउन सक्छौ होला त ? त्यो हो अनलाइन पार्ट टाइम जब । अब त्यो भनेको के त ? तपाईको मनमा यहि प्रश्न उठिरहेको हुनसक्छ । नेपालमा यदि एस एल सि माथि आफ्नो दक्षता छ भने, अंगे्रजी भाषाको सामान्य ज्ञान छ भने र कम्प्युटर बेसिकको राम्रो ज्ञानहरु भए अनलाइन जब गर्न ठिक हुन्छ ।
यो भनेको अनलाइनमा बसेर बिदेशीहरुको आउटशोर्षीङ कामहरु गरिदिनु हो । जस्तो बाहिरबाट साना साना प्रोजेक्टहरु दिएको हुन्छ । उनीहरुको काम बिभिन्न किसीमका हुन्छ । जस्तै अनलाइनबाट फर्महरु भरिदिने, डाटाहरु कलेक्सन गरिदिने, आइडीहरु बनाईदिने, ब्लगहरु बनाइदिने, लेखहरु लेखिदिने जस्ता कामहरु दिएका हुन्छन् । त्यस्ता किसीमको काम गर्नाले कमसेकम युवाहरु बेरोजगार भइराख्न पर्दैन । यहि पार्ट टाइम काम गरेर पनि युवाहरुले दैनिक कम्तिमा ५ डलर देखि माथि कमाउन सक्छन् ।
त्यसै गरी बाहिरको काम नेपालबाट अन्य ठुला प्रोजेक्टहरु पनि गर्न सकिन्छ । जोसँग कम्प्युटरको वेब प्रोगामिङहरु सम्बन्धि राम्रो ज्ञान छ उनीहरुले त्यस्ता कामहरु आफ्नै घरमा बसेर पनि गर्न सक्छन् । त्यहि कामबाट पनि नेपाली रु.१५,००० देखी माथि रु.२०,००० कमाउन सक्छन् । बढिमा रु.५०,००० देखि माथि पनि कमाउन सक्छन् । अब यो भनेको अलिक अनलाइन जब प्रति चासो राख्नेहरुको लागि हो । नेपालमा यस्ता ब्यक्तिहरु पनि छन् कि अनलाइन जबबाट नै दिनमा सयौ डलर कमाइराखेका छन् । त्यस्ता ब्यक्तिहरुलाई भेट्नको लागि यो ग्रुपमा जोइन गर्न सक्नुहुनेछ ।
यति भन्दैमा युवाहरु सबै स्वरोजगार बन्ने होइन । चाहने हो भने त्यो पनि सम्भावना छ । तर त्यसको निमित्त युवाहरु एक जुट हुन जरुरी छ । पहिलो कुरा त त्यो काम गर्न मिल्ने बाताबरण पनि तय गर्नुपर्छ ।
मैले धेरै त्यस्ता युवाहरु देखेको छु । जो मेहनत गर्न देखि धेरै पर भागिरहेका हुन्छन् । सजिलो तरिकाले यो धरतीमा केहि काम पनि हुदैन । सबै सुरुमा गाह्रै हुन्छ । अनलाइन जब सुरुमा एकदम गाह्रो हुन्छ त्यो पनि आम्दानी गर्नमा । तर जब आफुले आम्दानी गर्न सुरु हुन्छ त्यति खेर देखि फेरी मन सहज हुदै गइराखेको हुन्छ । पछि त बसि बसि पनि डलर झरिरहेको हुन्छ । बस् यति कुरा ख्याल गर्नुस्
१.कोशिष
२.धैर्यता
३.मेहनत
४.अध्ययन तथा अनुशन्धान
यति भएपछि तपाईले कसैको पाउँमा गएर कामको लागि झुक्नुपर्दैन तपाई आफै बन्नसक्नुहुन्छ मालिक अनि कामदार पनि ।
यदि तपाईहरु कसैलाई अनलाइन जबको बारेमा बुझ्न चाहनुहुन्छ भने तल दिएको बिद्युतिय ठेगानामा सम्पर्क गर्नुहोला ।
www.facebook.com/anuz.kulung

No comments:

Post a Comment